२२ चैत । भारतीय अदालतले बलिउड अभिनेता सलमान खान हरिण मारेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजायको फैसला सुनाएको छ ।
कालो हरिणको सिकार गरेको २० वर्ष पूरानो मुद्दामामाथि सुनुवाइ गर्दै बिहीबार जोधपुर अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिवाना भराउने फैसला सुनाएको हो ।
अदालतको उक्त फैसला लगत्तै अभिनेता सलमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी सलमानलाई पुनरावेदन गर्ने अधिकार भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई बिहीबारै केन्द्रीय कारागार लैजाने बताइएको छ ।
अन्य आरोपी सैफ अलि खान, सोनाली बेन्द्र, निलम र तब्बु लगायतका कलाकारलाई भने अदालतले सफाइ दिएको छ । चलचित्रको छायांकनका क्रममा राजस्थानको जोधपुर पुगेका कलाकारको टोलीले सन् १९९८ को अक्टोबरमा कालो हरिणको सिकार गरेका थिए । laligurash.com
Comments are closed.