२२,चैत्र । रुपन्देहीका काष्ठ व्यवसायी बसन्त पौडेललाई गोली प्रहार गरि हत्या गर्ने मुख्य अभियुक्त सुटर बिवेक भन्ने सुवास गुरुङ्गलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत पुष २१ गते रुपन्देही जिल्ला, देवदह नगरपालिका ३ ढेकावर स्थित उज्ज्वल सः मिलमा मोटरसाईकलमा आएका २ जनाले बलु भन्ने बसन्त पौडेललाई गोली हानी हत्या गरेका थिए ।
घटना पश्चात फरार रहेका लम्जुङ्ग जिल्ला बांग्रे गाउँपालिका वडा नम्बर ५ भोर्लेटार घरभै पोखरा १० रामबजार बस्ने गुरुङ्गलाई पोखरा स्थित निजकै निवासबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनु भयो ।
अनुसन्धानका क्रममा बिवेक उपनामले चिनिने सुवास गुरुङ्ग नै मुख्य अभियुक्त अर्थात गोली प्रहार गर्ने सुटर रहेको खुल्न आएको र लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । निजले प्रयोग गरेको हतियार भने यसअघिनै अन्य अभियुक्तहरुसँगै बरामद भइसकेको थियो ।
बसन्त पौडेल हत्या काण्डका सबै अभियुक्तहरु प्रहरीको फन्दामा परिसकेको एवं निज बिवेक भन्ने सुवास गुरुङ्ग उपर संगठित अपराध, कर्तब्य ज्यान, हातहतियार खरखजना ऐन अन्तर्गत मुद्धा चलाईने पनि प्रहरीको भनाई छ ।
उक्त घटनाका मुख्य योजनाकार मनोज पुन र निजका सहायक सोम आले मगरको गत फागुन ९ गते प्रहरी ईन्काउन्टरमा मृत्यू भैसकेको छ भने उनीहरुका सहयोगी मध्ये केहीलाई पक्राउ गरि कारवाही गरि सकिएको छ ।
Comments are closed.