चैत्र २२,बलिउडका चर्चित अभिनेता सलमान खानले सन् १९९८ मा सिकार गरेको कालो हरिण शिकार काण्डमा आज जोधपुरको चीफ जुडिसियल मजिस्ट्रेट कोर्टले दोषी ठहर्याएको छ ।
सलमानलाई पाँच वर्षको जेल सजाय र १० हजार भारु जरिवाना लगाइएको छ ।
भने सोहि काण्डको आरोप लागेको अन्य सैफ अलि खान,तम्बु, सोनाली र निलमलाई निर्दोष साबित भएका छन् ।
२० वर्ष पुरानो मुद्दामामा सजाय पाएसँगै सलमानका कयौं प्रोजेक्टहरु संकटमा परेका छन् भने उनलाई करोडौं रुपैयाँ घाटा लागेको छ ।
उनले अभिनय गरिरहेको केही फिल्म र उनलाई लिएर बन्न लागेका फिल्महरु संकटमा पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनको एक प्रोजेक्ट नेपालमा पनि हुन लागेको थियो । जसलाई दबंग टुर नाम दिइएको थियो । १० मार्चमा हुने तय भएको उक्त कार्यक्रम नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीको विरोधका कारण उनको शो स्थगित भएको थियो । उक्त शोका लागि सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार उपस्थित हुने भनिएको थियो ।
आयोजक ओडीसी इन्टरनेशनलले झन्डै ५ हजार थान टिकट बेचिइसकेको थियो । तर शो स्थगित भयो ।
सलमान खान र उनको टिमका लागि आयोजकले पाँच करोड दिइसकेका छन् । उनको शो केही समयपछि गर्ने ओडीसीले जनाएको थियो । तर, सलमान खानले हरिण प्रकरणमा पाँच वर्षको जेल सजाय पाएपछि उनको नेपाल टुर अन्यौलमा पर्ने देखिएको छ । उनको शो हेर्नका लागि पैसा दिएकाहरुले केही समयपछि त्यही टिकट बाट हेर्न पाउने आयोजकले जनाएका थिए ।
तर सलमानले स्थानीय अदालतको पाँच वर्ष कैदको फैसलाको जमानतको लागि माथिल्लो अदालत गुहार्न भने सक्नेछन्
Comments are closed.