Nepal's First Video FM

बैंकमा सुनका नक्कली गरगहना राखेर ठगी गर्ने ३ जना जेल चलान

542

चैत २२, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडमा सुनका नक्कली गरगहना राखेर २७ लाख २८ हजार ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

विभिन्न मितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बिर्तामोड, धुलाबारी शाखा र नेपाल बैंक लिमिटेडको धुलाबारी शाखामा सुनका नक्कली गरगहना राखेर बैंक ठगी कार्यमा छजना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये तीनजना धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापा जिल्ला अदालतको आदेशमा बिर्तामोड–५ डेरा गरी बस्ने ३८ वर्षीया मीनादेवी खड्का, मेचीनगर–७ इँटाभट्टा निवासी ३५ वर्षीय शम्भू खत्री, विर्तामोड–३ निवासी ४३ वर्षीय राजकुमार तामाङलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । तामाङ राष्ट्रिय बाणिज्य बैंक बिर्तामोडका नगद सहायक (खजान्ची) हुन् ।

यता पक्राउ परेकामध्ये बिर्तामोड–५ निवासी ४५ वर्षीय राजकुमार श्रेष्ठ, मेनपा–१२ निवासी ४९ वर्षीय गणेश प्रधान र मेनपा–१० निवासी ३३ वर्षीय प्रवेश अधिकारी भने धरौटीमा छुटेका छन् । श्रेष्ठसंग ३ लाख ९८ हजार, प्रधान र अधिकारीसंग ७०/७० हजार धरौटी माग भएकोमा उनीहरुले सो रकम बुझाएर छुटेका छन् । रासस

You might also like

Comments are closed.