Nepal's First Video FM

अर्को सफलताको लागि धुर्मुस–सुन्तलीलाई ५ लाख सहयोग अब नेपालमा नै क्रिकेट रंगशाला बन्दै कसले दियो यति मोटो रकम -पढ्नुहोस

514

अन्तर्राष्ट्रिय रंगशाला निर्माण अभियानमा जुटेका धुर्मुस–सुन्तलीलाई ५ लाख सहयोग प्रदान भएको छ । रंगशाला निर्माणको लागि स्थान छनोटको क्रममा रहेका धुर्मुस सुन्तली फाउन्डेशनलाई थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख नगद सहयोग प्रदान गरेका हुन् ।

म्यानमारमा जन्मेर थाइल्याण्डमा बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फबाट फाउन्डेशनलाई उक्त सहयोग गरेका हुन्। रंगशालासँगै नमूना नेपाल नामक पुनर्निर्माणको परियोजनालाई सहयोग पुर्‍याउन कार्कीले रकम सहयोग गरेका हुन्।

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएसँगै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको तयारी भईरहेको छ । जसको संयोजन धुर्मुस सुन्तली फाउन्डेशनले गरिरहेको छ । उपयुक्त जग्गाको लागि धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले देशका विभिन्न क्षेत्रको अवलोकन गरेको छ ।

उनीहरुले चितवन, इलाम, भैरहवा, काठमाडौं, भक्तपुर लगायतका क्षेत्रमा रहेको जग्गाको अवलोकन गरेका हुन् । बिहीबार अवलोकन गरेर काठमाडौं फर्किएको टोलीले केही दिनभित्रै उपयुक्त स्थानको टुंगो लगाएर रंगशाला निर्माण कार्य अगाडि बढाईने अध्यक्ष धुर्मुसले जानकारी दिए ।

You might also like

Comments are closed.