Nepal's First Video FM

५४ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री भारत भ्रमणमा जाँदै

450

चैत २३, प्रधानमन्त्री केपी शर्मा ओली अाज बिहान ९ बजे औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। मन्त्री, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संचारकर्मी, सरकारी कर्मचारीसहितको टोली भारतको तीन दिने राजकीय भ्रमणका लागि जान लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली भारत भ्रमणमा जान लागेको हो। प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि जानेछन्।

प्रधानमन्त्री ओलीले आफ्नो औपचारिक भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने स्पष्ट पारिसकेका छन्। उनले बुधबार भएको पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा कुनै सन्धि सम्झौता नहुने तर पहिला भएकाको कार्यान्वयन हुने बताएका छन्। तर भारतीय प्रधानमन्त्री मोदी र ओलीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। उनी शुक्रबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नेछन्। भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि उनी सिधै राष्ट्रपति कार्यालय पुग्ने कार्यतालिका रहेको ओलीको सचिवालयले जनाएको छ। त्यहाँ रहँदा उनले भारतीय राजनीतिक दलका नेताहरूसँग भेटघाट, भारतीय उद्योगी व्यवसायीसँग छलफल तथा त्यहाँ रहेका नेपालीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

ओलीले भातीय समकक्षी मोदीसँग पनि छलफल गर्नेछन्। शनिबारचाहिँ प्रधामन्त्रीको महत्त्पूर्ण भेटघाट रहेको ओलीको सचिवालयले जनाएको छ। स्रोतले भन्यो, ‘शुक्रबारभन्दा पनि शनिबार धेरै महत्त्वपूर्ण कार्यक्रमहरू रहेका छन्। शनिबार हाम्रो सरकार र भारतीय सरकारबीच भेट हुन्छ। शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई प्रधानमन्त्रीले भेट्नुहुनेछ।’ भ्रमणका क्रममा प्रधानमन्त्रीसहित १५ जनाको टोली भारतीय राष्ट्रपति भवनमा बस्नेछ। अन्य भने अरू नै ठाउँमा बस्ने स्रोतले बतायो। प्रधानमन्त्री आइतबार स्वदेश फर्कनेछन्।

उक्त दिन टोलीले भारतको उत्तराखण्डको पन्तनगरस्थित गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमण गर्नेछ र त्यही दिन साँझ स्वदेश फर्कने कार्यक्रम छ। टोलीमा मुख्य सचिव लोकदर्शन रेग्मीसहित ४५ जना सरकारी टोली रहनेछन् भने अन्य व्यवसायी र विभिन्न संचार माध्यमबाट झन्डै ३५ जना पत्रकारहरू पनि भ्रमणमा जानेछन्।

थाहा खबरबाट

You might also like

Comments are closed.