चैत २३, रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् । महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो । संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन बनायो ।
१४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ६१ रन बनाए । उनले ४८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । यस्तै पुनित विष्टले २२ बलमा चार छक्का र तीन चौका हान्दै ४५ रन बनाए ।
पुनित मेहराले अविजित १६ रन बनाए । बलिङतर्फ रुपन्देहीका लागि दिपेश श्रेष्ठले तीन तथा सुसन भारीले दुई र सागर पुनले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्दै रुपन्देहीका लागि प्रदीप ऐरीले ३२ बलमा एक छक्का र पाँच चौकासहित ३९ रन बनाए । सागर पुनले २८, दीपक प्रसादले १७ र कुशल मल्लले १५ रन बनाए ।
रासस
Comments are closed.