Nepal's First Video FM

नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिता हुँदै

445

चैत २३, राष्ट्रिका लागि खेलकुद, जिल्लाका लागि खेलकुद भन्ने मुख्य नारा तय गरेर चौथो सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिता अाज (शुक्रबार) देखि सुरु हुँदै छ । सन्धिखर्कको टुडिखेलमा हुने खेलको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले विहान ११ बजे उद्घाटन गर्दै हुनुहुन्छ ।

खेलमा सामुदायिक र संथागत गरि १८ विद्यालयले भाग लिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धिप्रसाद भुसालले जानकारी दिनुभयो । खेलमा १८ वर्ष भित्रका खेलाडीहरुलाई मात्र सहभागि गराइने उहाँले बताउनुभयो ।

यसैबीच भोलीदेखि नवौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताका लागि एउटा स्थानीय तहलाई एउटा इलाका आधार मानेर सबै स्थानीय तहमा छनोट प्रतियोगिता हुँदैछन् । छनोट प्रतियोगितामा स्थानीय तहका प्रमुखहरुको प्रमुख आतिथ्यता रहने छ । इलाका स्तरीय छनोट प्रतियोगिता ३ दिन चल्ने छ । इलाकाबाट प्रथम र द्वितिय स्थान हासिल गरेर आएका खेलाडी समुहहरु राष्ट्रपति रनिङ्गशिल्डका दावेदार मानिनेछन् ।

हिन्दु खबरबाट

You might also like

Comments are closed.