Nepal's First Video FM

अज्ञात रोगका कारण तीनहजार पाचसय कुखुरा मरे

583

चैत २३, शंकास्पद रोगका कारण चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरको लामिछाने पोल्ट्री फार्मका तीन हजार ५०० लेयर्स कुखुरा मरेका छन् ।
करीब एक हप्ताको अन्तरालमा यसरी कुखुरा मरेका हुन् । यही चैत १५ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले जानकारी दिनुभयो । कुन रोग लागेको भन्ने पहिचान भने भएको छैन ।

एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, लामिछानेले भन्नुभयो, ल्याबमा चैत १६ गते र २० गते नमूना पठाए पनि अहिलेसम्म केही जानकारी आएको छैन । उहाँका अनुसार फार्ममा बाँकी रहेका एक हजार ६०० कुखुरासमेत मर्ने अवस्थामा पुगेका छन् ।

सो जानकारी आएपछि बिहीबार जिल्ला पशुसेवा कार्यालय, चितवनले फार्मको स्थलगत निरीक्षण गरेको छ । पशुसेवा कार्यालयका पशु चिकित्सक डा विकास श्रेष्ठले कुखुराको मृत्युदर धेरै रहेको जानकारी दिँदै परीक्षणको रिपोर्ट नआएसम्म यसै भन्न नसकिने बताउनुभयो ।

You might also like

Comments are closed.