Nepal's First Video FM

माओवादीले टुंग्यायो संसदीय समितिका सभापतिको उमेदवार

76

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उमेदवार टुंगो लगाएको छ ।

माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उमेदवार बनाइने एक नेताले जानकारी दिए ।

सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विमला समानुपातिक सांसद हुन् ।

प्रतिनिधिसभाका १० विषयगत समिति सभापतिका लागि आज उमेदवारी मनोनयन हुँदै छ ।

You might also like

Comments are closed.