पूर्वराजा ज्ञानेन्द्र शाहले धरानका विभिन्न मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । केही समययता झापाको दमक बस्दै आएका ज्ञानेन्द्र बिहीबार नाती हृदयन्द्रका साथमा धरान आएका हुन् । उनले पिण्डेश्वर बाबाधाम, दन्तकाली र बुढासुब्बा मन्दिरमा पूजापाठ गरेका छन् ।
पिण्डेश्वर बाबाधाम र दन्तकाली मन्दिरमा पुजापाठ गरी दर्शन गरेका ज्ञानेन्द्रले बुढासुब्बा मन्दिरमा भने दर्शन मात्र गरेर फर्किएका छन् । मन्दिरमा पूजापाठ पछि उनले पुरोहितलाई दक्षिण दिएका थिए । शाह धरान आएसँगै उनका दर्जनौं समर्थकले नाराबाजी गरेका छन् ।
समर्थकको भिडमा देखिएका ज्ञानेन्द्रले पत्रकारलाई भने कुनै प्रतिक्रिया दिएनन् । उनका समर्थकले ‘हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए । ज्ञानेन्द्र अझै केही दिन झापामै बसेर राजधानी फर्किने कार्यक्रम रहेको उनका सहयोगी सिनेट श्रेष्ठले जानकारी दिए ।
अन्नपूर्णबाट
Comments are closed.