चैत्र २२, हिन्दी सिनेमामा आपराध गरेर जेल सजाय पाउने चर्चित अभिनेताको सूचीमा सलमान खान पनि परेका छन् । खानलाई १३ वर्ष अघि हिट एण्ड रन केसमा दोषी ठहर गरी अदालतले ५ वर्षको जेल सजाय सुनाएको हो ।सजायसँग अदालतले उनलाई२५ हजार भारु जरिवाना तिर्ने आदेश पनि दिएको छ।
सन् २००२ मा सलमानले रक्सी सेवन गरेर कार चलाउँदा एक जनाको मृत्यु भएको र अरु चार जनालाई घाईते बनाएको आरोप लागेका बलिउड अभिनेता सलमान खानलाई अदालतले दोषी ठहर गरेको छ |
‘हिट एन्ड रन’ केस दिइएको ऐसाला ठिकै प्रतिक्षित फैसला थियो। हिट एन्ड रन केसको मुद्दाको फैसला आज बुधवार भएको हो |उनलाई १० बर्ष सजाय हुन सक्ने अनुमान गरिएपनि ५ बर्ष मात्र जेल सजाय भएको छ |
अदालतकाे फैसला सुनेर सलमान राेएकाे हिन्दुस्तान टाइम्सले लेखेकाे छ । फैसला सुनाएपछि न्यायाधीशले केही भन्नु छ भनेर साेध्दा सलमान केही बाेलेनन् ।मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई सलमानको गाडीले किच्दा एकको मृत्यु भएको थियो भने चार घाइते भएका थिए ।
सलमानले आफुले गाडी नचलाएको र आफूबाट यस्तो गल्ति नभएको बताउदै आएका थिए |केहि समय अघि उनका चालकले अदालतमा पुगेर सलमानको गाडी आफुले चलाएको बताएपनि अदालतले त्यो कुरालाई स्वीकार गरेन |
उनले गरेको अपराधको आधारमा उनि १० बर्ष जेल सजाय हुनुपर्ने भएपनि उनको सजाय केहि कम गरिएको हो |सलमानलाई सजाय भएपछी बलिउडला करिब दिउ सय करोड तत्काललाई घाटा हुनेछ |
कोर्टका अनुसार घटना भएको दिन सलमान रक्सी पिएर गाडी चलाइरहेका थिए र उनीसँग चालक अनुमति पत्र पनि थिएन । २७ मे देखि २६ जना साक्षीहरु सलमानविरुद्ध बयान दिएका थिए जसमध्ये एक जनाले मात्र आफ्नो बयान बदलेका थिए । तर बदलिएको बयानलाई अदालतले स्वीकार गरेन |
सलमान मंगलबार साँझ कश्मिरबाट सुटिङ छाडेर मुम्बाई आएका थिए ।शाहरूख खान, निर्माता निर्देशक डेविड धवन, साजिद नाडियादवाला ,सोहेल खान लगायतका चलचित्रकर्मी उनले भेट्न रातीनै उनको घर गएका थिए ।बलिउडमा एक अर्काका दुश्मन मानिने सलमान र शाहरुख पनि अहिले मिल्दै गैरकेका छन |रातको १ बजे सहरुख सलमानलाई भेट्न उनको निवास पुग्नुले पनि यो कुराको संकेत गर्दछ |
सलमानलाई जेल सजाय भएको सुनेपछि उनका फ्यानहरु निरासामा छन |लामो समयको देखिको आरोपलाई टालेर राखेका उनले सधैलाई तलना सकेनन अन्तत उनलाई त्यसले जेल सम्म पुर्यायो |
सलमानलाई जेल सजाय सुनाएपछि उनि त पिर र निरासामा थिए उनको त्यो पिडा उनको अनुहारमा पनि देखिन्थ्यो |उक्त फैसलाले उनकी आमा पनि बेहोस भएकी छन |भने उनकी बहिनि पनि रुन थालेकी थिईन|तर पिडित पक्षले भने सत्यको जित भएको बताएका छन |
सलमान बिरामी भएकोले गर्दा उनले पाउने केहि सजाय कम गर्न आग्रह गर्दै उनका वकिले अदालत समक्ष कम सजायको माग गरेका थिए | बहस चलिरहेको बेलामा दुवै पक्षले सलमान खान अभिनेता हुन् भन्ने विषयमा बहस चल्यो | सरकारी वकिलले पनि सलमान अभिनेता हुन् तर, करोडौ मानिसले उनलाई रोल मोडल मान्छन् | त्यसैले उनलाई अधिकतम सजाय दश वर्ष दिनुपर्छ भन्नेमा थिए |तर सल्मंका वकिलले ३ बर्षको सजाय माग गरेका थिए तर उनको कुरालाई अदालतले वास्ता गरेन
सलमानलाई माथिल्लो अदालतमा अपिल गर्ने बाटो अझै खुल्ला छ । माथिल्लो अदालतमा उनले सफाइका लागि र जमानतका लागि दाबी गर्नसक्नेछन् तर त्यससम्बन्धमा अर्को आदेश जारी नभएसम्म भने उनी जेलमा बस्नुपर्नेछ। उनलाई आर्थररोड जेल लगिनेछ।तर ५ बर्ष भन्दा बढी जेल सजाय भएकाले उनि आजै जेल जानेछन |
Comments are closed.