Nepal's First Video FM

मायादेवी मन्दिर परिसरभित्र मानव बंगारा फेला, कसरी गाडियो अस्तु ? लुम्बिनीको सुरक्षामाथि गम्भीर प्रश्न

506

चैत २३, बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वटा सुरक्षा दस्तालाई चुनौती दिदै मायांदेवी मन्दिर परिसर भित्रै मानिसको कपाल र बंगारा गाडिएको अवस्थामा फेला परेको छ ।

मायादेबी मन्दिर परिसर भित्र खाल्डो खनी गाडेको मानव अस्तु जस्तै देखिने ३२ थान ठूलो पोका, एकसय ८७ थान सानो पोका, कपालको जगल्टाको १४ पोका सहित एक मानव बंगारा फेला पारिएको हो ।

यस घटनाले लुम्बिनी विकास कोष र सुरक्षा निकायको चरम लापरवाहीका कारण लुम्बिनीमा गम्भिर सुरक्षानौती उब्जिएको छ । लुम्बिनी विकास कोषका अधिकृत चुरामणी भट्टराईले चैत्र १२ गते सांझ ५ बजेदेखि ६ बजेको समयमा मायांदेवी मन्दिर परिसरमा खाडल खनेर गाडेको बताए ।

उक्त समयमा ४०/५० जनाको ताईवानी भिक्ष्रुहरु आएको उनले जानकारी दिए । खाडल खनिएको स्थानमा विहीबार खनेर हेर्दा केहि पोकाहरुमा बालुवा, सिक्का, पत्थर तथा बंगारा समेत भेटिएकोले कुनै दिवंगत व्यक्तिको अस्तुधातु हुन सक्ने अनुमान गरिएको भट्टराईले बताए ।

विभिन्न सुरक्षा निकायका गरी साढे तिनसय भन्दा बढि सुरक्षाकर्मी घेरालाई तोड्दै लुम्बिनीको सबैभन्दा महत्वपूर्ण स्थानको रुपमा रहेको मायांदेवी मन्दिर परिसरमै यस्तो घटना हुनुले लुम्बिनीको सुरक्षा प्रश्न चिन्ह उब्जिएको छ ।

लुम्बिनीको सुरक्षाको लागि एकसय ९७ जना सशस्त्र प्रहरी, ३३ जना दंगा प्रहरी, ७३ जना लुम्बिनी बिकास कोषका सुरक्षा गार्ड, ग्रुपफोर १५ जना तथा ६ जना पर्यटन प्रहरी रहेका छन् । तर यी सबै सुरक्षालाई छल्दै मायांदेवी मन्दिर परिसरमा खाडल खनेर मानव अस्तु गाडिदा समेत लुम्बिनी विकास कोष बेखबर बन्नु रहश्यमय बनेको छ ।

अधिकृत भट्टराईले १२ गते अस्तु गाडिएपछि दुईचार दिनमै थाहा पाएपनि लुम्बिनीमा चलेको चैते पूर्णिमा मेलालाई प्रभाव पार्ने भएकोले विहीबार मात्रै खाडल खनेर हेरिएको बताए ।

विकास कोषका सूचना अधिकृत हरी राईले बौद्धधर्ममा पवित्र स्थानमा कपाल तथा वंगारा गाडिएमा बुद्धत्व प्रँप्त गर्छन् भन्ने मान्यताका आधारमा गाडिएको हुन सक्ने बताए ।

अधिकृत भट्टराईले लुम्बिनी विकास कोषमा हुने राजनितिक नियुक्तीका कारण कोष असुरक्षित र लथालिङ भएको आरोप लगाए । मायांदेवी मन्दिर परिसरमा सिसिटभी क्यामेरा जडान गरिएको छ तर त्यसको सदुपयोग नहुंदा त्यो प्रभाव विहीन भएको छ ।

मायादेबी मन्दिर परिसरमा कुनैपनि उत्खनन् वा निर्माण गर्नु परे समेत युनेस्को र लुम्बिनी विकास कोषसंग अनुमति लिनुपर्ने हुन्छ । तर आधा मिटर गोलाई २० ईन्च गहिराई खाडल खनेर मानव अस्तु गाड्ने कार्य कोषका पदाधिकारीको आर्थिक चलखेलमा भएको एक कर्मचारीले दावी गरे ।

साभार लाइट नेपाल

You might also like

Comments are closed.