चैत २३, पछिल्लो समय नेपाली गीत संगीतमा निकै चर्चामा रहेको गायक तथा संगीतकार टंक बुढाथोकीको शब्द, संगीत र स्वर र नेपालकै बहु-चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’को अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक ‘रेली माइ’ गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार नृत्य देख्न सकिन्छ । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।
‘रेली माइ’ बोलको गीतमा सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । सार्वजनिक भएको छोटो अवधिमै युट्युब ट्रेन्डिङको ४ नम्बरमा पर्न सफल ‘रेली माइ’ गीतले गायक टंक बुढाथोकीको अर्को सुपर हिट गीत हुने आकलन गर्न सकिन्छ ।
ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् भने भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीको फिचारिंग छ । हेर्नुस् भिडियो:-
Comments are closed.