माघ १७, हाइकिङका लागि फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिएका छन् । ललितपुरको धसिखेलको अजय शिक्षा सदनमा अध्ययन गर्ने १७ वर्षीय विद्यार्थी जोन तामाङ ६ दिनपछि फूलचोकीको जंगलमा सकुशल भेटिएका हुन् ।
जंगलमा झोक्राइरहेको अवस्थामा विद्यार्थी फेला पारिएको सूचना आएपछि नेपाल प्रहरी, नेपाली सेना र अभिभावकको टोली त्यस तर्फ लागेका थिए ।
गत बिहीबार विद्यालयका प्रिन्सीपल दुर्गाबहादुर ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएकोमा फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।
Comments are closed.