Nepal's First Video FM

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

29

काठमाडौं,  संघीय संसद्‌को तल्लो सदन, प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दैछ। बिहान ११ बजे बस्ने बैठकका सम्भावित २ वटा कार्यसूची रहेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।

प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रत्यक्ष प्रश्न सोध्नेछन्। सांसदहरुको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताप प्रस्तुत गर्ने अर्को सम्भावित कार्यसूची मंगलबारको बैठकको छ।

You might also like

Comments are closed.