काठमाडौँ । चर्चित हास्य कलाकार तथा निर्देशक दिपाश्री निरौला मंगलबार बत्तीसपुतलीको राम मन्दिरमा बिवाह गरेकी छिन् । दिपाश्रीले नायक संजोग कोइरालासंग विवाह गरेकी हुन् ।
दिपाश्रीको विवाह वास्तविक नभएर एक तीज गीतको भिडियोको छायांकनका क्रममा मंगलबार विवाहको दृश्य खिचिएको हो । ‘छक्का पञ्जा’-२ मा ब्यस्त रहेकी दिपाश्रीले विवाह गरेको युवा संजोग कोइराला छक्का पञ्जाकी नायिका बर्षा राउतका प्रेमी हुन् ।
४ दसक पार गरिसकेकी दिपाश्री हालसम्म अविवाहित रहेकी छन् ।उता उनकै जोडीदार दीपकराज गिरीले भने केहि समय पहिले छोराले समेत विहे गरिसकेका छन् ।
Comments are closed.