Nepal's First Video FM

धरौटिमा छुट्दै छन् सलमान खान :जेलमा यसरि बिताए बिहिवारको रात

477

चैत्र २३,एजेन्सी । बलिउड अभिनेता सलमान खानले बिहिवार जेलमा रात काटेका छन् । उनि धरौटिमा छुट्ने प्रकृयामा छन् । सलमान बिहिवारको रात निदाउन सकेकन् । जेल भित्र उनि कहिले उभिने त कहिले बसेर सोच्ने गर्दथिए । उनि ३.३० बजे मात्र विस्तारमा ढल्किएका थिए । साथै ८ बज्न साथ उनि उठे ।

जोधापुर जेलका एसपी विक्रम सिंहका अनुसार सलमान र असाराम बापुबीच रातमा कुराकानी भएको छ । सलमानलाई कैदि नम्बर १०६ दिएर वर्ड नम्बर २ मा राखिएको छ । सलमानको ठिक अगाडिको वर्डमा नाबालिग छात्राको यौन उत्पीडन आरोपमा जेल परेका आसाराम बापु रहेका छन् । राती दुवैबीच एक आपसमा कुराकानी भएको हो ।

एसपी विक्रम सिंहका अनुसार भुइमा सुत्नको लागि सलमानलाई चारबटा कम्बल दिइएको छ । उनले भने ‘सिलिङमा दुई पङ्खा लगाएको छ ।’ कारागार जानु पहिले सलमाले ट्वाइलेट र गिजरको व्यव्थाको विषयमा सोधेका थिए ।

विहान कारागारको तालिका अनुसार उनलाई चनाको दाल, बन्दाकोपि र रोटि दिइएको थियो । तर सलमानले खान अस्विकार गरे ।

बीस बर्ष पुरानो दुई कालो हरिण शिकारको आरोपमा सलमान खानलाई जोधापुरको एक अदालतले दोषि ठहर गर्दै पाँच बर्ष जेल सजाय र दश हजार रुपैयाँ जरिवना सुनाएको छ । मुख्य न्याायाधिश देवकुमार खत्रीले उनलाई दोषि ठहर गर्दै सो निर्णय सुनाएका हुन् । ekhabar

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.