१८ माघ , भारतीय विदेशमन्त्री सुष्मा स्वराज करिब २५ घण्टे ‘राजनीतिक’ यात्रामा आज काठमाडौं ओर्लने औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले बिहीबार ( भारतीय विदेशमन्त्री आइपुग्नु केहि घण्टाअघि मात्र) भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा तयार गर्नमा जुटेको थियो। सुष्मा स्वराजसँग दुईपक्षीय वार्ता पनि प्रधानमन्त्री देउवाले नै गर्ने तयारी भएको छ । अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सीमा अपराध नियन्त्रण र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ । त्यही एजेन्डाको आधारमा रहेर देउवाले भारतीय विदेशमन्त्रीसंग छलफल गर्नेछन् ।
Comments are closed.