नेपालकै चर्चित डान्स क्रु ‘कार्टुन्ज क्रु’ फिचर रही टंक बुढाथोकीको स्वर, शब्द तथा संगीतमा ‘रेली माइ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको दमदार डान्स देख्न सकिन्छ । गीतको भिडीयोमा ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन, कार्टुन्ज क्रु को मेम्बर सरोज अधिकरीको निर्देशन र सरोजको साथमा सुविन चौहान र राम घलेको कोरियोग्राफी रहेको छ ।
गीत सार्वजनिक भए सँगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले उक्त गीतमा कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगी टीमलाई प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले जानकारी दिएका छन् ।
गीतको कभर भिडीयो २०७५ असार १ गतेसम्म पठाई सक्नु पर्ने छ भने बिजेता घोषणा असारको १७ गते हुनेछ । कभर भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर thecartoonzcrewofficial@gmail.com मा पठाउनुपर्ने हुन्छ । भिडियोको बारेमा केहि बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४ मा सम्पर्क गर्न सकिनेछ ।
<iframe src=”https://www.youtube.com/embed/QtxDe5Ro1gw” width=”870″ height=”490″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>
filmyfanda
Comments are closed.