Nepal's First Video FM

कृषकको बिजोग : झापाकाे सडकमा फालियाे कुखुरा र अण्डा

29

झापा । झापाका किसानले कुखुरा र अण्डा फालेर विरोध प्रदर्शन गरेका छन् ।

आफ्नो उत्पादनले उचित मुल्य र बजार नपाएको भन्दै, झापा, बिर्तामोडको मुक्ति चोकमा किसानले उचित बजार व्यबस्थापनका लागि माग गर्दै अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सरकारले बारम्बार कृषिमा आत्मनिर्भर हुने नारा दिएपनि उत्पादनकोे बजारीकरण नभएकाले सडकमा उत्रिन बाध्य भएको कृषकहरुको गुनासो छ ।

बढ्दो महँगीका कारण देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी भएको उनिहरुको भनाई छ ।

You might also like

Comments are closed.