चैत्र, काठमाडौं । तेश्रो गुल्मी महोत्सवको आज छैठौ दिनका प्रमुख आकर्षकका रुपमा गुल्मी आउँदै गरेका गायक राजेश पायल रार्ई कार्यक्रमम स्थल नजिकै आईनपुग्दै गाडी दुर्घटनामा परेका छन् ।
बुटवल तर्फबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको गायक राईको बा १२ झ ४४४२ नम्वरको कारसंग १ झ ३१३३ नम्वरको ट्याक्सी दुविचौमा ठोक्कीदा ट्याक्सीमा सवार ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ । गायक राईलाई केहि नभएको प्रहरी र तेश्रो गुल्मी महोत्सव आयोजक समितिले बताए पनि अहिले साँझ पौने सातबजेसम्म पनि गायक राई कार्यक्रम स्थलमा आईपुगेका छैनन् । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । अहिले साँझ सम्म पनि गायक राईका दर्शक, श्रोता कुरेर बसी रहेका छन् ।
उनिसंगै प्रमुख आकर्षक नायक सुगम पोखरेल पनि आज घर परिवारमा विरामी परेको भन्दै विचबाटे बाटै फर्किएका छन् । गायक राईको गाडीसंग अर्को गाडी ठक्कर खाएको पुष्टी प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले दिएका हुन् । उनले गायक राईलाई केहि नभएको बताएका छन् । भिडियो रिपोर्ट सुन्नुहोस् ।
Comments are closed, but trackbacks and pingbacks are open.