Nepal's First Video FM

सलमान जेल परेपछि खुसी यसरि व्यक्त गरिन यी नायिकाले ! पढ्नुहोस्

381

एजेन्सी : भारतीय अभिनेता सलमान खानलाई कृष्णसारको शिकार गरेको आरोपमा पाँच वर्षको जेल सजाय भएको छ । फैसला सँगै सलमानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र उनलाई जोधपुर जेलमा कैदी नम्बर १०६ को नाम दिईएको छ ।कृष्णसारको शिकार गरेको १९ बर्ष अगाडिको मुद्दामा जोधपुर अदालतले खानलाई कैद सजायसहित दस हजार जरिवानाको फैसला गरेको हो ।

बलिउड अभिनेता सलमान खान जेल परेपछि बलिउडमा चौतर्फी निराशा छाएको छ। तर नायिका सोफिया हयात भने सलमानले सजाय पाएकोमा खुसी भएकी छिन् । सोफियाले आफू खुसी भएको सामाजिक सञ्जाल मार्फत सेयर गरेकी छिन् ।

उनले इन्टाग्राममा सलमानको फोटो राख्दै ‘बिइङ हुम्यान’ काटेर ‘नो मोर बिइङ हुम्यान’ लेखेकी छिन् । उनको यस्तो पोस्ट माथि धेरैले नराम्रो कमेन्ट गरेका छन् । सोफिया फेरि लेख्छिन् ‘आखिरमा कर्मको फल मिल्यो । धेरै सलमानको विरुद्ध बोल्न डराउन्छन् । उनीहरूलाई लाग्छ सलमानले बलिउडलाई कन्ट्रोल गरेका छन् । तर मलाई कोहीसँग डर लाग्दैन । मलाई खुसी लागेको छ सलमानले जे गर्‍यो त्यसको लागी जेल जान पर्‍यो ।’

कृष्णसारलाई मारेर कानुन तोडेको भन्दै सलमान विरुद्ध सोफियाले लेखेकी छिन् । news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.