Nepal's First Video FM

सलमान खानले जेलमा बिताए २ रात ! स्वास्थ स्थिति कमजोर ! पढ्नुहोस्

351

चैत्र २३, एजेन्सी। ५ वर्षको जेल सजाय पाएका बलिउड सुपरस्टार सलमान खानले जेलमा दोस्रो रात पनि सुखले सुत्न पाएनन् । कालो हरिण शिकारका तीन वटा अभियोगमा सलमान प्रहरी र न्यायिक हिरासतमा १८ रात जेलमा बिताइसकेका सलमानले ५ वर्ष अन्र्तगतको आफ्नो दोस्रो रात रातभर चुरोट पिएर मात्र बसे ।

रातमा उनलाई ब्यारेकमा भएका असंख्य लामखुट्टेले एक्लोपन महसुस हुन दिएनन् । सलमानले अहिलेसम्म जेलको खाना खाएका छैनन् । उनले होटलबाट मगाइएको खाना खाएर बसेका छन् ।

दोस्रो दिन शुक्रबार उनलाई भेट्न हिरोइन प्रिती जिन्टा पुगीन् । उनले प्रितीसँग आधा घण्टा कुरा गरे । त्यसपछि उनका बहिनी अलविरा–अर्पिता आए । उनीहरुसँग पनि सलमानले लामो समय कुरा गरे त्यसबिचमा बहिनीहरुसँग धेरैबेर रोए सलमान । उनका बडीगार्ड शेरा पनि त्यहीँ थिए ।

सलमान खान ब्यारेक नम्बर २ मा यौन शोषणको आरोप लागेका आसाराम बापूको छिमेकी हुन्। आसाराम पनि यही ब्यारेकमा छन्। उनी कैदी नम्बर १०६ हुन्। जसलाई सामान्य पर्दाले विभाजन गरिएको छ। एक भागमा सलमान खान र अर्को भागमा आसाराम सुते। तर, सलमान खान रात भर निदाएनन्। उनी छटपटाइ रहे। आसारामका सेवकले सलमानको हाल खबर सोध्दा सलमान खान खासै बोलेनन् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.