चैत २४, सकारात्मक सोंच बटुली युवाअवस्थाको रमाइलोपनको समय सामाजिक कार्यमा रमाउँ भन्दै स्थपना गरिएको सुपादेउराली युथ नेटवर्क “परिवर्तन आफैबाट” अर्घाखाँचीले हाल नेपालमा भित्रिएको अमानवीय ब्यवहार बलात्कार, रेप जस्ता कुराहरुको बिरोध र्याली कार्यक्रम राजधानी काठमाडौमा सम्पन्न गरेको छ। काठमाडौमै दर्ता भएको Living With Environment(LWE) नामक संस्थाको सहकार्यमा २०७४ सालभरमा भएका ८७ वटा रेपको बिरोध र्याली कार्यक्रम आयोजना गरिएको थियो।
नयाँ बानेश्वर देखि माइतिघर मण्डला सम्म र्याली गरि समापन गरिएको उक्त कार्यक्रममा पत्रकार महासंघ, नेपालका उपाध्यक्ष दिपक थापा मगर, वरिष्ठ पत्रकार कविर रांणा, विवेकशील साझा पार्टीका जयसन बैध्य तथा रन्जु दर्शना लगायतका सामाजिक ब्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो। सुपादेउराली युथ नेटवर्क, अर्घाखाँचीका संस्थापक अध्यक्ष बिराज घिमिरे साथै Living With Environment का अध्यक्ष आकाश चौहानको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ।
हामी मन्दिर माथिको गजुर होइन, पुलमुनिको खम्बा हुन चाहान्छौँ । १ वर्षमा करिव ८७ जनाको रेप हुँदपनी सरकार मौन बसेको देखेपछी सडकबाटै विद्यार्थी दवाव देउँ भन्दै यसरी उत्रीएको अध्यक्ष बिराज घिमिरेले बताउँछन। जबसम्म यस्तो अमानविय कार्य सुन्यमा झर्दैन हामी नेपाली चुप बस्ने छैनौँ- अध्यक्ष आकाश चौहानको भनाइ थियो। शनिबार माइतीघर मण्डलामा साँझ ४ बजे दिप प्रज्वलन कार्यक्रम रहेको उनिहरुले बताएका छन।
Comments are closed.