Nepal's First Video FM

‘अब उत्तर कोरिया र अमेरिकाबीच परमाणु वार्ता सम्भव’

617

माघ ८, दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले सोमबार राष्ट्रपति भवनमा भएको बैठकमा बयान दिँदै दुई कोरियाबीचको मिलापले अमेरिकासँग पनि वार्ताको बाटो खुलाउने बताएका छन् ।

आगामी ओलम्पिक्स खेल अमेरिकाका लागि उत्तर कोरियासँग आणविक हतियार सम्बन्धी छलफल गर्ने धेरै राम्रो अवसर भएको उनले बताएका हुन् ।

एकवर्षको तनावपूर्ण सम्बन्धपछि ओलम्पिक खेलका कारण उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण वार्ता भएको हो जसपछि उत्तर कोरियाले दक्षिणमा २२ खेलाडी पठाउने र संयुक्त खेल खेल्न सहमत भएको थियो ।

यसै खेलले आणविक हतियार र मिसाइलका सम्पूर्ण समस्यालाई समाधान गरेर कोरियाली प्रायद्विपमा सदाका लागि शान्ति स्थापना गर्ने मुनले सो बैठकमा बताएका हुन् । उनले भने, ‘ तरपनि वार्ता गर्नका लागि अहिलेको उचित वातावरण कति समय रहन्छ भन्ने कसैलाई थाहा छैन ।

त्यसकारण यही अवसरमा अमेरिकाले पनि उत्तर कोरियासँग सबै मुद्दाबारे छलफल गर्नु उपलब्धिमूलक हुनेछ ।’

उता उत्तर कोरियाबाट आउने सबै प्रतियोगी खेलाडीलाई अधिकांश दक्षिण कोरियाली नागरिकले स्वीकार गर्ने बताएका छन् । तरपनि थोरै सङ्ख्यामा रहेका नागरिकहरुले भने उत्तर कोरियाविरुद्ध किमको तस्बिर जलाएर प्रदर्शन गरेका थिए ।

उत्तर कोरियाबाट ओलम्पिक भ्रमणका लागि आएका अधिकारीहरु भएकै स्थानमा प्रदर्शनकारीले विभिन्न विरोध र्याली निकालेको सिओलका अधिकारीले बताएका हुन् । ओलम्पिक खेलमा दक्षिणको नाम हटाएर उत्तर कोरियाले सबै ध्यान आफूतर्फ केन्द्रित गराएको भन्दै उनीहरुले विरोध जनाएका थिए ।

उत्तर कोरियाबाट भ्रमणका लागि आएकी चर्चित गायिका ह्योन सोङ उलले सो स्थानमा रेल स्टेसन बाहिरका सबै मानिसहरुलाई मुस्कान दिँदै अभिवादन गरेकी थिइन् । ‘दक्षिणका नागरिकहरुले उत्तरलाई खुला मनले स्वागत गरेको देख्दा आगामी ओलम्पिक कन्सर्ट पनि सफल हुने हामीले आशा गरेका छौँ,’ उनले दक्षिणको संचार माध्यमलाई बताएकी हुन् ।

You might also like

Comments are closed.