Nepal's First Video FM

रिहाइ भएका बलिउड अभिनेता सलमान खान रिहा हुने बितिकै उनकै फ्यानहरुले एति सम्म भने…..

727

भारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोके पनि धरौटीमा रिहा भएका छन् ।

सलमान खानलाई जोधपुर जिल्ला न्यायालयले शनिबार धरौटीमा रिहा गरेको हो । सलमान आजै साँझसम्म जेलबाट निस्कने बताइएको छ । सलमान खानले पाँच वर्ष जेल सजायविरुद्ध गरेको अपिलमा अदालतले उनलाई ५० हजार जरिवाना गरेर रिहा गर्ने निर्णय गरेको हो । उनी रिहा हुने भएपछि अदालत परिसर पुगेका उनका प्रशंसकहरुले खुसीले नाचेका छन् ।

उनीमाथिको यो चौथो आरोप हो । अन्य आरोपबाट उनी मुक्त भइसकेका छन् । यो घटना १९९८ को हो ।

तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको थियो ।
करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो ।

सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी ९गाडी०मा रातीमा यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई मारेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.