नयाँदिल्ली, २४ चैत / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त सम्बोधनमा नेपाली भाषा प्रयोग गरेका छन् । उनले आफ्नो सम्बोधनको सुरूवात र अन्त्य नेपाली भाषामा गरेका हुन् ।
‘तपाईंहरू सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुसी लाग्दछ’, मोदीले सम्बोधनको सुरूवातमा भनेका हुन् ।
मोदीले संयुक्त सम्बोधनको अन्त्यमा समेत ‘फेरि भेटौँला’ भन्दै टुङ्ग्याए । मोदीले नेपाली भाषा प्रयोग गर्दा सहभागीले ताली बजाएका थिए । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली पनि खुसी देखिएका थिए ।
यसअघि प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्दै मोदीले नेपाली भाषामा ट्विट समेत गरेका थिए ।
Comments are closed.