मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । पारिवारिक समस्या आउनेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । रोकिएको धन हात पर्ला । मन प्रफुल्ल रहला । प्रेममा मधुरता छाउला ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । आर्थिक लाभ रहला ।
कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी निकाएको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला ।
तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।
धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । शुभ समाचार सुन्नमा आउला ।
मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला । सामान हराउने वा नष्ट हुनेछ । पैसा फस्न सक्नेछ । कामहरु अधुरै रहलान् ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेमी सङ्ग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
hamropatro
Comments are closed.