Nepal's First Video FM

भारतमा दुईवटा भ्रम रहेछन् ! ओलीले गरे यस्तो खुलासा

497

२४ चैत, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा यहाँका नेता र बुद्धिजीवीहरुमा आफूले दुईखाले भ्रमहरु पाएको बताएका छन् । र, ती भ्रमबाट मुक्त हुन ओलीले भारतीयहरुलाई आग्रह गरेका छन् ।

शनिबार साँझ इण्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका ओलीले भने, मैले यहाँ दुईखाले भ्रमहरु रहेको पाएँ, एउटा कम्युनिष्ट सरकार आएपछि लोकतन्त्र संकटमा पर्छ कि भन्ने भ्रम रहेछ, अर्को चाहिँ नेपाल कुनै एउटा देश -चीन) तिर ढल्कने हो कि भन्ने भ्रम रहेछ ।

प्रधानमन्त्री ओलीले यी दुबै भ्रमहरुबाट मुक्त हुन भारतीयलाई आग्रह गरे । नेपालमा जुन शक्तिले लोकतान्त्रिक संविधान बनायो, अहिले त्यही शक्ति सरकारमा रहेकाले निजी क्षेत्रले कम्युनिष्ट सरकारबाट आत्तिनुनपर्ने ओलीले बताए । साथै आफू स्वयं लोकन्त्रका लागि लडेको र १५ वर्षसम्म जेल बसेको व्यक्ति भएकाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको ओलीले बताए । साथै देशका वामपन्थी पार्टीहरु आपसमा मर्ज हुन लागेको उनले जानकारी दिए ।

त्यसैगरी चीनको नाम नलिई केपी ओलीले नेपाल कुनै एउटा देशतिर ढल्किने हो कि भन्ने भंम नराख्न भारतीयहरुलाई आग्रह गरे । उनले भने- हामी कतै ढल्कँदैनौं, समानताका आधारमा सबैछिमेकीसँग सम्बन्भ राख्छौं ।

आफूलाई अभिनन्दन गर्ने कार्यक्रममा लिखित मन्तव्यका साथै केहीबेर हिन्दीमा समेत बोलेका ओलीले नेपालको संविधान समावेशी रहेको भन्दै संविधानबारे भ्रम नराख्न भारतीय पक्षलाई आग्रहसमेत गरे ।

तीन दिने भारत भ्रमणका क्रममा दिल्ली आएका ओलीका औपचारिक कार्यक्रमहरु सकिएका छन् । आइतबार दिल्ली बाहिर कृषि विश्वविद्यालयको निरीक्षण र केही भेटघाटपछि उनी नेपाल फर्कने कार्यक्रम छ । onlinekhabar

You might also like

Comments are closed.