Nepal's First Video FM

हिन्दुधर्मका प्रचारक श्रीनिवासमाथी गोली प्रहार

525

२५ चैत, हिन्दू धर्मकाका प्रचारक बालसन्त श्रीनिवास आचार्यमाथि गोली प्रहार भएको छ । बिराटनगरस्थित एक मन्दिर परिसर भित्रै उहाँमाथी गोली प्रहार भएको हो ।
आइतबार बिहान तीन बजेतिर सौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो । उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बतायो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो । उनी हिन्दु धर्म गुरु हुन् । केही दिनअघि पूर्वराजा विराटनगर आएका बेला आचार्य श्रीनिवाससँग भेटघाट गरेका थिए ।

You might also like

Comments are closed.