Nepal's First Video FM

चार दिनदेखि २६ वर्षीया युवती बेपत्ता

575

१८ माघ, पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) ४ दिनदेखि बेपत्ता भएकी छन् ।

घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका श्रीमान कुबेर तुम्बापोले बताए ।

सबै ठाउँहरुमा खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । बेपत्ता भएकी तुम्बापोको एक छोरा र एक छोरी छन् ।

You might also like

Comments are closed.