Nepal's First Video FM

न्यूयोर्कको ट्रम्प टावरमा आगलागी

836

२५ चैत, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा रहेको ट्रम्प टावरमा आगलागी भएको छ । आगो टावरको ५० औं तल्लामा लागेको हो ।

आगलागीबाट १ जना गम्भीर घाइते रहेको बताइए पनि विस्तृत विवरण आइसकेको छैन ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले न्यूयोर्क फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै ट्रम्प टावरमा लागेको आगोबाट १ जना गम्भीर घाइते भएको जनाएका छन् । बीबीसीका अनुसार, आगो नियन्त्रण प्रयास जारी छ ।

प्राप्त जानकारी अनुसार, सो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अफिस र अपार्टमेन्टसँगै उनको कारोबार समूह ट्रम्प अर्गनाइजेसनको मुख्यालय छ ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्– आगो सीमित घेरामा छ । घर राम्रोसँग बनेकाले धेरै क्षति हुन पाएन । दमकलकर्मीले कुशलतापूर्वक काम गरेका छन् ।’

अहिले बिल्डिङ वरपरको सडकमा यातायात बन्द गरिएको छ ।

You might also like

Comments are closed.