Nepal's First Video FM

के अब बन्ला त गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला हाम्रो देशमा ? हेर्नुहोस भिडीयो सहित

635

गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली फाउण्डेशनले आफ्नो कामलाई निरन्तरता दिईरहेको छ । नेपालमा एउटा पनि अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला नभएको र क्रिकेटको बिकाश गर्न पर्छ भन्ने उद्देश्यका साथ फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले देशका बिभिन्न ठाउँमा क्रिकेट रंगशाला निर्माणको लागी जग्गा हेरिरहेका छन् । यस बिशेष अभियान टोलीमा धुर्मस मात्र छैनन् पत्रकार रबि लामिछाने पनि जोडिन आइ पुगेका छन् । पोखराको रंगशाला र भरतपोखरी लगायतका ठाउँहरुमा टोलीले जग्गा हेरीसकेको छ । अब सबै ठाउँको जग्गालाई मध्यनजर गरी र क्रिकेटको मापदण्ड, यातायात, बिमास्थल लगायतको कुराहरुलाई लिएर छिटै स्थान छनौट गर्ने धुर्मुसले बताएका छन् । आजको बिशेष लाइव भिडियो मार्फत सिताराम कट्टेल र रबि लामिछाने यस अभियान सम्बन्धित विस्तृत जानकारी दिदै यसो भने हेरौ यो भिडियो |

You might also like

Comments are closed.