काठमाण्डौ।
जिन्दगी एउटा अविरल सागर हो जहाँ पौडिरहेका माछाहरु,बग्दै गरेका छालहरू जस्तै संघर्ष गरिरहेको कुनै व्यक्तिको जिन्दगी, सबैको एकै चाहना म गन्तव्यमा पुग्न सकौ,हो यही गन्तब्य भित्रका पाइलाहरुको बिचमा आएका बादा-अर्चन संग जुध्न अनेकौ समस्याहरु आइलाग्छन।तिनै समस्या र संघर्षमा जन्मिएको मेरो जिन्दगी।देखाएर नसकिने संघर्ष र गरेर पनि नसकिने संघर्ष भित्र पर्दो रहेछ मेरो संघर्ष।
एउटा गाउँले परिवेसमा हुर्किएको यो ठिटो,तिनै गाउँ पाखामा खेल्दै-रम्दै र पढ्दै अगाडी बढेको म र मेरो जिन्दगीको केहि पल यस्ता छन जुन समझदा जति रमाईलो लाग्छ उतिकै कहाली लाग्छ आफुलाई।
एसएलसी पास संगै हात्तीछाप चप्पल पड्काउदै ठुलो सपना बोकेर राजधानी छिरेको त्यो दिन जुन बेला राजधानी मेरो लागि बिरानो थियो।एताउता हेर्दा मलाइ सबैले गिज्याए जस्तै लाग्थ्यो,चिनेकाहरुपनि अपरिचित जस्तै लाग्थ्यो।कतै पाखे भन्ने होकी भन्ने चिन्ता पनि लाग्थ्यो भने कतै गर्भ लाग्थ्यो कि म यो फोहोरी सहरमा हुर्केको ठिटो हैन भनेर।जागिर पाउन नसकिने एउटा बेरोजगार सहरमा आएको थिए के जागिर पाउथे।एउटा अपरिपक्व उमेर, अपरिपक्व बिचार बोकेर हिडेको म मेरो लागि जिन्दगीलेनै ठुलो परिक्षा लिन थालेको थियो।आमा बाबाको सपना कान्छो छोराले धेरै धन कमाउछ र हामीलाई पाल्छ तर मेरो अपरिपक्व कल्पनाले भने त्यति धेरै सोच्न पनि भ्याएको हुदैनथ्यो।पारिवारिक वाताबरणमा जसरी सुखी र खुसीले १८ बर्ष बिताएको थिए त्यसको हजारौ गुणा मलाइ १ दिन काट्न हुन थाल्यो।साथीभाई संग खेलेको,साथीभाई संग गरिएका रमाइलो पलहरु,स्कुल पढ्दाको रमाइलो पलहरु आँखामा आउथ्यो।मलाइ राजधानीनै बिरानो मुलुक भएको थियो।दाइ संग बस्ने म अकस्मात खै कस्तो निर्णय लिए कुन्नि दाई संग बस्न छाडेर एक्लै डेरा लिए,भएको जागिर छाडे बेरोजगार भए।फेरी जागिर खोज्दिनुस दाई भनेर जान लाज लागेको थियो।राम्रो पेसा छाडेर हिडेको म मेरो लक्षनै फरक हुदा सुरुमै जिन्दगीले त्यो मोड लियो।म आफुलाई बदल्न र मेरो सपना “पत्रकारिता भित्र प्रबेस गर्न”म जुनसुकै दुख गर्न तयार भए,जागिर खोज्दै गए एउटा होलसेल पसलमा कर्मचारीको आवश्यकता रहेछ म त्यहि होलसेलमा साइकलमा ग्राहकको सामान ओसारपसार गर्न थाले।त्यो बेला मेरो मनले भन्थ्यो “त् आफु जुनसुकै पेसा गर”गिज्याउनेको पनि कमि भने थिएन।साथीभाई/आफ्नाले देख्ने होकी भनेर मुख छोप्दै हिड्थे।एक बोरा चामल बोकेर हिड्दा हजारौ सपना देखेको हुन्थे।
त्यहि जीवनबाट बिस्तारै बदलियो मेरो केहि लक्ष,म पुन पेशा परिवर्तनतिर लागे।मलाइ चाहिने उपकरण “कम्पुटर,इन्टरनेट”उपभोग गरिरकेको थिए त्यो समय सम्म।बिस्तारै फोटो पत्रकारिता तिर लागे।मलाइ फोटो पत्रकारिता त्यति फापेना,जति मिहनत थियो त्यो भन्दा बढी दबाब थियो।तर मैले हिम्मत भने हारेको थिएन किनकि मैले गरेको काम र मेरो अधुरो सपनामा केहि समयमै पाइला राख्न सक्छु भन्ने थियो।अकस्मात मेरो फोटो पत्रकारिता संगै अनलाइन रेडियोमा कार्यक्रम चलाउन पाउने भए।रमेश बस्नेतद्वारा संचालित :रेडियो छहारी”मा म अनलाइन कार्यक्रम चलाउने भए।केहि रेडियोकर्मिको केहि प्रशिक्षण भने लिएको थिए त्यसैले मलाइ कार्यक्रम चलाउन त्यति गाह्रो थिएन।साहित्य सृजना गर्थे थोरै थोरै त्यसैले मेरो रोजाईमा साहित्य बिशेष कार्यक्रम सुरु गरे मासिक मेरो तलब ५ सय थियो त्यो बेला।बिस्तारै मेरो आवाज फ्रिक्वेन्सीमा गुन्जने भयो त्यो पल मेरो जीवनको सबै भन्दा खुसी थपिएको थियो बल्ल आधा सपना पुरा भयो भन्ने लाग्न थाल्यो त्यो बेला।
साप्ताहिक एक श्रीन्खला म रेडियोमा बोल्थे जहा मैले मेरो लक्ष भन्दा बाहिरी कार्यक्रमनै संचालन गर्दथे।बिस्तारै सोहि रेडियोमा अन्य समयमा पनि कार्यक्रम चलाउन थाले त्यो बेला सम्म मेरो एक कार्यक्रमको २ सय हप्तामा आउथ्यो बिस्तारै मैले सोहि रेडियोमा मासिक ३ हजार तलबमा काम गर्न थाले मलाइ तबल भन्दापनि मेरो लक्ष पुरा होस् भन्ने थियो सोहि लक्षको बीच बिचमा धेरै बाधा आउथ्यो तर म सम्हाल्ने कोशिश गर्थे।
त्यो दिनको मलाइ धेरै याद आउछ २०७२ साल बैसाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जादै थियो मेरो रेडियोमा बोल्ने समय १२ बजे देखि १ बजे सम्म थियो।म मेरो कार्यक्रमको पूर्ण तयारीमा थिए म म भन्दा अघिल्लो कार्यक्रम सकिदै थियो र म स्टुडियो प्रबेस गर्ने तयारीमै थिए अकस्मात भुइचालो आयो रेडियोमा स्टेसन आइडी बज्न नपाउदै एता उता हुन थाल्यो हामी सम्हालिदै थियौ तर सम्हाल्ननै नसकिने गरि भुइचालो आयो।म त्यो समय मिर्मिरे एफएममा थिए।जीवनमा पहिलो पटक त्यति ठुलो भुइचालो कसलाई डर थिएन होला र ?म पनि धेरै आत्तिएको थिए।त्यो भन्दा बढी चिन्ता हामीलाई सुचनाको थियो कहा के घटना घट्यो भन्ने।हामी तत्काल लाइभ प्रशारणमा जुट्न थाल्यौ।लगातार प्रतक्ष प्रशारणमा हामीले देशभर घटेको घटना सुनाउन थाल्यौ।यतिको ज्यान गयो एति घाइते भन्दै गर्दा एता घरको चिन्ता लाग्दो थियो।काभ्रेमा पनि ठुलो भूकम्प गएको हुदा कतै ठुलै क्षेती पुग्योकी भन्ने थियो।घरमा टेलिफोन नलाग्ने थियो त्यो बेला सबै नेटवर्कमा प्रब्लम थियो त्यसैले पनि होला अलिकति चिन्ता घरको पनि थियो।केहि समय पछि खबर आयो घर चर्किएको मात्रै छ क्षेती केहि भएको छैन भनेपछि आफुलाई सम्हालेर फेरी निरन्तर प्रशारणमा रहे।त्यो बेला कति समय त् एक्लै रेडियोमा बस्दथे।एक्लै लाइभ प्रशारणमा जुट्ठे।लगातार म ७ दिन सम्म दिन रात नभनि लाइभ प्रशारणमा जुटे।त्यो समय एक पोका चाउचाउ र एक बोतल पानीमा भोक टारेको धेरै याद आउछ।बिस्तारै घटना सेलाउदै गयो म भित्र जिम्मेवारी दिन प्रतिदिन थपिदै गएको थियो।सोहि समय म आफु बोलिरहेको रेडियो छाडेर म लोकदोहोरी कार्यक्रमको लागि रेडियो राजधानी आएको थिए।उक्त रेडियोमा पनि धेरै समय बिताए।दशैँ तिहार भन्ने शब्दनै मेरो जीवनमा हुन्नथ्यो।२ ओटा दशैँ तिहार मेरो रेडियोमै बितेको थियो।कहिले प्राबिधिक कक्षमा बसेर त् कहिले लाइभ स्टुडियोमा बसेर बित्थ्यो।२०७४को बीच समयमा फेरी म उक्त एफ एमबाट बिदा लिदै सिटिजन एफ एम प्रबेस गरे।मेरो रेडियो कर्म पनि संघर्ष र कठिन दुवै जोडिएको छ।हाल सिटिजनमै रहदा मैले देखेको आधि सपना पुरा भए जस्तै लाग्छ।
जानी नजानी २०७२ सालको अन्तिम अन्तिममा अनलाइन पत्रिका लालीगुराँस डटकम खोले।अनलाइनले पनि राम्रै नतिजा देखाएको थियो।तर हालको अनलाइनहरुको अबस्था देख्दा भने किन अनलाइन खोलेछु मैले भन्ने प्रश्न आफैलाई गर्न मन लाग्छ।राज्यले गलत गतिबिधिलाइ प्रोत्साहन दिने अनलाइनलाइ कारबाही गर्न नसक्नुको पिडा अनलाइनको मापदण्ड भन्दा बाहिर रहेका गतिबिधि संग रहेको अनलाइनलाइ कारबाही गर्न नसक्नुको अबस्थालाई हेरेर भने दिक्क लाग्छ।कुनै नया नीतिनियम र नीतिनिर्माणकर्ताले केहि नया सोच सहितको योजना बनाएनन भने यसको प्रतिफल गलतनै बन्न सक्छ।
अन्तमा,
हामी मानव जाती कसैको प्रगति/उन्नति भएको देखि सहेको देखिन्न।शिक्षामा जति परिवर्तन आएको छ त्यति चेतनाको अभाब जस्तै देखिन्छ अहिलेको नेपालीहरुको।हामीले चाहिने बिषयलाई बिशेष रुपमा हेर्ने गरौ।गलत बिषयको हामी निरुत्साहित गरौ।
Comments are closed.