Nepal's First Video FM

अवरुद्ध पासाङल्हामु राजमार्ग गएरातिबाट सञ्चालनमा

536

१८ माघ, बुधबार बिहानदेखि अवरुद्ध रसुवाको पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन भएको छ । जिल्ला ट्राफिक प्रहरी रसुवाका अनुसार एउटा १० चक्के मालबाहक ट्रक बिग्रिएर ग्राङ्भिरमा अवरुद्ध भएको सडक काठमाडौँबाट मिस्त्री झिकाई मर्मत गराएर सडक खुल्ला गराइएको हो ।

बीचबाटोमा ट्रक बिग्रिएर रोकिएका २ सयभन्दा बढी ट्रक, कन्टेनर, जिप तथा यात्रुबाहक बस आफ्नो गन्तव्यतर्फ गइसकेको बताइएको छ । सडक बन्द छ भनी हल्लाको पछि नलागी निर्वाध रुपले आफ्नो गन्तव्यमा जान सम्बन्धित सवारीधनीलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.