Nepal's First Video FM

सिन्धुपाल्चोकमा भएको दुर्घटनामा परि ४ जनाको मृत्यु

471

चैत २६, सिन्धुपाल्चोकमा गए राति भएको गाडी दुर्घटनामा चार जनाको ज्यान गएको छ । मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ ।

आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८प ४६९९ नंको बोलेरो गाडी सडकबाट करीब ३ सय मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा परी मुत्यु हुनेहरुमा ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षीय बालक कमल स्याङ्बोको घटनास्थलमा नै मृत्यु भएको मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए । बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै हेलम्बु गाउँपालिका–१ तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँबाट हेलम्बुको तिम्बुका लागि छुटेको बा२ख ६३६५ नंको हेलम्बु यातायातको बस गए राति दुर्घटना भएको हो । राति १० बजेतिर तिम्बु बसपार्क नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका–३ बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको छ भने चालक फरार रहेको प्रहरीले जनाकारी दिएको छ । बसमा सवार अन्य चार जना घाइतेको उपचारका लागि आइतबार राति नै धुलिखेल अस्पताल लगिएको छ भने घटनाको अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.