Nepal's First Video FM

सलमान खानको ‘रेस ३’ र टाइगरको ‘बागी २’ को कथा एउटै ? कसरी भयो यस्तो….

552

बलिउडमा अक्सर यस्तो हुन्छ, की कुनै फिल्मको सुरूवात कसैले निर्देशन गर्छ तर ती फिल्मको सिक्वेल बन्छन् । ती सिक्वेल अर्को निर्देशकलाई दिइन्छ । यो बर्ष रिलिज भएका अधिकांश सिक्वेलनमा निर्देशक परिवर्तन गरिएको छ । ३० मार्चमा टाइगर श्राफ स्टारर फिल्म ‘बागी २’ रिलिज हुनेछ । यो फिल्मलाई साबिर खान होइन अहमद खानले नर्देशन गरेका छन् । साबिरले टाइगरको डेब्यू फिल्म ‘हिरोपन्थी’ निर्देशन गरेका थिए । त्यसपछि ‘बागी बन्यो । तर ‘बागी २’ बनाउने जिम्मा कोरियोग्राफरबाट निर्देशक बनेका अहमद खानलाई दिएको छ । अहमदको यो पहिलो एक्शन फिल्म हो । उनले २००४ मा रोमान्टिक ड्रामा ‘लकिर’बाट निर्देशन थालेका थिए । २००७ मा आएको ‘फुल एण्ड फाइनल’ कमेडी फिल्म निर्देशन गरेका थिए ।

ईदमा रिलिज हुने सलमान खानको ‘रेस ३’को कथामा पनि यस्तै छ । रोमान्सले भरपुर यो फ्रेन्चाइजीको सुरुवात निर्देशकद्वय अब्बास मस्तानले गरेका थिए । तर तेस्रो भाग रेमो डिसुजाले निर्देशन गरिरहेका छन् । अहमद जस्तै रेमो पनि लामो समयसम्म कोरियोग्राफर थिए । उनले एक्सन फिल्म धेरै बनाएका छैनन् । रेमोको यो दोस्रो एक्शन–थ्रिलर फिल्म हो । उनले यो भन्दा पहिला चार फिल्म बनाएका छन् । ‘यमला पगला दिवाना’ यस्तै अर्को फ्रेन्चाइजी हो, जसका निर्देशक हरेक पटक फेरिन्छन् । पहिलो फिल्म समीर कार्णिकले निर्देशन गरेका थिए । दोस्रो फिल्म संगीत सिवान र तेस्रो फिल्म ‘यमला पगला दीवाना फिर से’ नवनीत सिंहले निर्देशन गर्दैछन् । यो फिल्मको एउटा गीतमा सलमान खान समेत देखिनेछन् ।

‘स्टुडेन्ट अफ द ईयर’लाई करण जौहरले निर्देशन गरेका थिए । यो फिल्मबाट बरूण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले बलिउडमा करियर सुरू गरेका थिए । यो फिल्मको दोस्रो पार्टमा पुनित मल्होत्राले निर्देशन गर्नेछन् । टाइगर श्राफ मेल लिड रोलमा देखिनेछन् । हिरोइनको खोजी भइरहेको छ । २०१७ मा पनि केही फिल्म यस्तै रहे । जसको सिक्वेलको जिम्मेवारी नयाँ निर्देशकलाई दिइयो । सलमानको फिल्म ‘टाइगर जिन्दा है’लाई अली अब्बास जफरले निर्देशन गरेका थिए । जबकी पहिलो भाग ‘एक था टाइगर’लाई कबिर खाले निर्देशन गरेका थिए । विद्युत जाम्वाल की ‘कमाण्डो’ दिलिप घोषले निर्देशन गरेका थिए । तर २०१७ मा आएको ‘कमाण्डो २’को निर्देशन देवन भोजानीले गरेका थिए । चाखलाग्दो कुरा त यो हो की देवेन खुद एक कमिक एक्टर हुन् । जबकी ‘कमाण्डो २’ जबरजस्त एक्शन फिल्म हो ।

‘धुम’ सिरिजमा पनि यस्तै भएको छ । ‘धुम’लाई संजय गडवीले निर्देशन गरेका थिए । जबकी ‘धुम २’ र ‘धुम ३’लाई बिजय कृष्ण आचार्यले निर्देशन गरे । एजेन्सी

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.