Nepal's First Video FM

३ नं.प्रदेशको प्रदेशसभा बैठक शुरु, सुरक्षा व्यवस्था कडा

666

१८ माघ, प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभा संसदको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ ।

दिउँसो १ बजेका लागि आह्वान भएको बैठक स्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

संघीयता लागू पछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठक स्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ ।

ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल १ सय १० सदस्य छन् ।

You might also like

Comments are closed.