Nepal's First Video FM

कठिन रेसमा सहभागी बेल्जियमका साइकल खेलाडीको मृत्यु

769

चैत २६, प्यारिस-रुबे खण्डको अति कठिन खण्डमा साइकल रेसमा सहभागी २३ वर्षीय बेल्जियन साइकल खेलाडी माइकल गुलेट्सको मृत्यु भएको छ ।

उत्तरी फ्रान्समा ‘कोबल्स्’ भनिने अप्ठ्यारो खण्डमा साइकल चलाउने क्रममा उनी लडेको र उनको ‘कार्डियाक अरेष्ट्’ अर्थात् मुटुको चाल बन्द भएको बताइएको छ । तत्कालै उनलाई हवाई उद्धार गरिएको थियो । तर अस्पतालमा उनी मृत घोषित गरिए ।

उनको टोलीले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, “हामीले अकल्पनीय दु:खका साथ हाम्रा साथी माइकल गुलेट्स अब हामीबीच नरहेको जानकारी गराइरहेका छौँ ।” २ सय ५७ किलोमिटर लामो प्यारिस-रुबे रेसको १ सय ९ किलोमिटर पार गरेपछि गुलेट्स साइकलबाट लडेर अचेत अवस्थामा रहेको पाइएका थिए ।

सन् २०१५ मा पहिलो पटक प्यारिस-रुबेको रेस पूरा गरेका उनी पहिलो पटक सिनियर खेलाडीको रूपमा त्यो प्रतियोगितामा सहभागी भएका थिए । २९ वटा ‘कोबल्स्’ निकै अप्ठ्यारा खण्ड रहेको प्यारिस-रुबे रेस विश्वको सबैभन्दा कठिन साइकल रेसमा दरिएको छ ।

त्यसैले यो रेसलाई ‘हेल अफ द नर्थ (उत्तरको नर्क)’ पनि भन्ने गरिन्छ । यो विश्वका पाँच कठिन एक दिवसीय साइकल रेसहरूमध्येको एक हो ।
बीबीसीबाट साभार

You might also like

Comments are closed.