टमाटर हामी वर्ष भरी नै बजारमा सजिलैसँग पाउन सक्छौँ । टमाटरलाई हामी अचार बनाउन र तरकारीको स्वाद बढाउनको लागी प्रयोग गर्ने गर्छौं । टमाटरको चट्नी प्राय मानिसहरुलाई मन पर्ने गर्छ ।
टमाटर स्वादमा मात्र नभएर स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । यसले हाम्रो स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न निकै मद्धत पुर्याउँछ । यसलाई हामी विभिन्न रोगहरुको औषधिको रुपमा सेवन गर्न सक्छौँ ।
टमाटरले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन् :
१. पाचन पक्रियालाई फाइदा पुग्छ : टमाटरमा पाइने फाइबरले हाम्रो खानालाई पचाउन मद्धत गर्छ । यसले गर्दा हाम्रो दिसा गोटा लाग्दैन । हामीलाई कब्जियतको समस्या हुने सम्भावना कम हुन्छ । यसमा पाइने फाइबरले ग्यास्ट्रिक जुसलाई हाम्रो पेटदेखी बाहिर निकाल्न मद्धत गर्छ जसले गर्दा हामीलाई ग्यास्ट्रिकको समस्याले सताउदैन ।
२. क्यान्सरबाट बचाउँछ : टमाटरमा पाइने एन्टी अक्शीडेन्टले हाम्रो शरीरमा अनावश्यक मासु पलाउन दिदैन । यसले गर्दा हामीलाई क्यान्सर हुने सम्भावना निकै कम हुने गर्छ ।
३. धुम्रपानको असर कम : यसमा पाइने क्युमारिक र क्लोरोजेनिक एसिड पाइन्छ । जसले धुम्रपान गर्दा हाम्रो शरीरमा पाइने कर्सिनोजेनको असरलाई कम गर्ने काम गर्छ । जसले गर्दा फोक्शोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
४. भिटामिन र मिनेरल्स : टमाटरमा हाम्रो शरीरलाई चाइने मिनेरल्स र भिटामिन प्रसस्त मात्रामा पाइन्छ । त्यसैले हरेक दिन टमाटर खाने गरेमा हाम्रो शरीरमा भिटामिन र मिनेरल्सको कमि हुन पाउदैन ।
५. छालालाई फाइदा : हरेक दिन टमाटर सेवन गरेमा हाम्रो छाला घामबाट डडनबाट बच्छ । यसले गर्दा हाम्रो चाला कालो हुन पाउदैन ।
६ तनाब कम : यसमा पाइने पोटासियमले अनावश्यक तनाबलाई घटाउने काम गर्छ । यसले रगत संचालनमा मद्धत गर्छ जसले गर्दा उक्त रक्तचाप हुने सम्भावना कम हुन्छ ।
७. आँखाको दृस्टी बढाउँछ : यसमा पाइने क्यारोटिनलले आँखालाई कम्जोर बनाउने विभिन्न र्याडिकलहरुलाई हटाउन मद्धत गर्छ । जसले गर्दा हाम्रो आँखा कम्जोर हुन पाउदैन । healthupdates बाट साभार
Comments are closed.