काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार, माफियागिरी र तस्करीमा जो सुकै भएपनी कारबाही गरिछाड्ने बताए ।
ललिता निवास माफियाहरूले कब्जा गरेका जग्गा सरकारको नाममा ल्याउने अभियानको सुरूवात मात्रै भएको बताउँदै प्रधानमन्त्रीले देशैभर यो अभियान चलाइने उल्लेख गरे । उनले दोषी पत्ता लाग्दै जाँदा, भ्रष्टाचारविरुद्ध अनुसन्धान हुँदै गर्दा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिइएको बताए ।
Comments are closed.