Nepal's First Video FM

अस्ट्रेलियामा हुने विद्यार्थीलाई आयो यस्तो खबर ! आब काम गर्ने अबधि कटौती हुने ! पढ्नुहोस

606

२६,चैत्र । अस्ट्रेलियन सांसद पाउलिन हानसनले अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुबाट कार्यअधिकार कटौती गर्नुपर्ने धारणा राखेकी छिन् ।

अस्ट्रेलियाको एक स्थानीय समाचार संस्थासँग कुरा गर्दै वान नेसनकी नेत्री हानसनले आप्रवासी विद्यार्थीहरुले अस्ट्रेलियामा पाउँदै आएको कार्य अधिकार कटौती गर्नुपर्ने धारणा राखेकी हुन् ।

हानसनले भनेकी छिन्, ‘हाम्रो देशमा स्थानीयहरुले जागिर पाइरहेका छैनन् । देशमा अप्रवासीकाृ संख्या धेरै हुँदा त्यसो हुन गएको हो भन्ने हाम्रो ठम्याई हो । यसका लागि अन्तर्राष्ट्रिय विद्यार्थीले पाउँदै आएको कार्य अधिकार कटौती गर्नुपर्छ । विद्यार्थीले काम गर्न नपाउँदा यहाँका स्थानीयले काम पाउने सम्भावना बढ्छ ।’

त्यस्तै उनले अन्तर्राष्ट्रिय श्रमिककै कारण विभिन्न कम्पनीहरुले कम कर तिरिरहेको पनि दाबी गरेकी छन् । उनले भनेकी छिन्, ‘विदेशी विद्यार्थीहरु यहाँको व्यवस्थापनका लागि जस्तोसुकै काम पनि कम पारिश्रमिकमा काम गर्न तयार हुन्छन् । यसले एकातिर अस्ट्रेलियनहरुबाट रोजगारीको संभावना खोसेको छ भने अर्कातिर कम्पनीहरुले पनि राज्यलाई कम कर तिरिरहेका छन् । अब हाम्रो पार्टी यसको समाधानका लागि लाग्छ ।’

हाल अस्ट्रेलियामा स्नाकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीले अध्ययनका क्रममा १५ दिनमा ४० घण्टा र विदाका समय असिमित कार्यअधिकार पाउँदै आएका छन् ।

You might also like

Comments are closed.