Nepal's First Video FM

श्रीनिवास आचार्यमाथि गोली प्रहार गर्ने पक्राउ ! पढ्नुहोस

475

हिन्दू धर्मका गुरु श्रीनिवास आचार्यलाई गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

घटना भए लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलीले यो घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र पक्राउ पर्ने को नाम सार्वजनिक गर्न नमिल्ले मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले जानकारी दिनु भयो ।

उहाँले छुट्टै टोलीको गठन गरेर यो घटनाको अनुसन्धान भईरहेको बताउनु भएको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र« घोषणा विरुद्ध आवाज उठाउने अगुवा मध्येका एक श्रीनिवास आचार्यलाई गोली हानिएको विरोधमा उनका सर्मथकहरुले आइतवारनै पत्रकार सम्मेलन गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।
घटनामा संलग्नलाई गिरप्mतार गरी चाडै कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । हिन्दु धर्मका कट्टर प्रचारक पंडित श्रीनिवासाचार्यलाई विराटनगर महानगरपालिका वडा नं. १४ जतुवाको रामजानकी मन्दिर नजिक गोली प्रहार भएको थियो ।
बिहान करिब २ बजे पंडित आचार्यलाई दुई गोली हानिएकोमा एक गोली उहाँको दाँया कुमको नजिक लागेको छ ।

उहाँको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । उहाँको स्थिति चिन्ताजनक नरहेको मोरङका प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । आइतवार देखि शुरु हुन लागेको श्रीमद् भागवत पूराण कार्यक्रममा मुख्य वाचकका लागि पंडित आचार्य रामजानकी मन्दिरमा आउनु भएको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.