बाल यौन दुराचारको आरोपमा युएनका पूर्वअधिकृत पक्राउ पर्नु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पिटर जोन डालगिल्सलाई शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिकास्थित चिलकाजी महर्जनको घरबाट पक्राउ गरेको हो।
विपन्न परिवारका बालबालिकालाई पढाइ दिने भन्दै आश्वासन देखाएर बालकलाई जम्मा पार्ने र उनीहरूमाथि यौन शोषण गरेको खुलेको छ ।
डालगिल्सले हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था खोली २ वर्षयता नेपालमा पटकरपटक आउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको सीआइबी प्रमुख डिआइजी पुष्कर कार्कीले बताउनु भयो । पक्राउ परेका डालगिल्सको साथबाट २ जना बालकको उद्दार गरिएको समेत डिआइजी कार्कीले जनाउनु भयो । news24
Comments are closed.