Nepal's First Video FM

कपिल शर्माको मानसिक उपचार हुदै ! पढ्नुहोस

390

मुम्बई । कुनै बेला चर्चाको शिखरमा रहेका कमेडियन कपिल शर्मा पछिल्लो समय गिर्दो साखका कारण तनावमा छन् । यती नै बेला उनको र पूर्व प्रेमिका रहेकी प्रिती सिमोन्स बिच पैसाको विषयलाई लिएर वादविवाद शुरु भएको छ ।

कपिलको कम्पनीकी पूर्व म्यानेजर समेत रहेकी प्रेमिका प्रिती सिमोन्स माथी २५ लाख रुपैयाँ मागेको,आफूलाई मानसिक रुपमा यातना दिएको र आफूविरुद्ध विभिन्न अफवाह फैलाएको भन्दै कपिलले शनिबार प्रिती, उनकी बहिनी निती र स्पटबोईका विरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेपछि सिमोन्सले कपिलको दिमागी हालत ठिक नभएको भन्दै उपचार गराउन सुझाव दिएकी छिन्।

आफ्नै सहकर्मी सुनिल ग्रोबरमाथी दुर्व्यवहार गरेर विवादमा आएका कपिल अहिले भने ट्वीटरमा छिनमै केही लेख्ने र फेरी मेटाउने गरीरहेका छन् । पूर्व प्रेमि कपिलले लगाएका सम्पूर्ण आरोप अस्वीकार गर्दै प्रितीले भनेकी छन्– ‘कपिलले मानसिक रुपमा आफ्नो उपचार गर्नुपर्छ। उनी निकै डिप्रेशनमा छन् र हामी उनी चाँडो स्वस्थ हुन भनी कामना गर्छौं।’

एक पछि अर्को गर्दै यतिखेर कपिल ट्वीटर र पूर्व प्रेमिकाका कारण विवादमा तानिएका छन्। news24

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.