चैत २६, मोरङको जहदा गाउँपालिका १ स्थित खेतमा मुसा मार्दै गर्दा चट्याङ लागेर सोमबार बिहान एकजनाको मृत्यु भएको छ । जहदा गाउँपालिका ३ का ६० वर्षीय रामु मरन्डीको बिहान ८:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी विष्णुहरि कोइरालाका अनुसार खेतमा मुसा मारिरहेको अवस्थामा चट्याङ लागेर मरन्डीको मृत्यु भएको हो । उनको छात्तीमा चट्याङ लागेको प्रहरीको भनाइ छ । कोइरालाले एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरन्डीको शव फेला परेको जानकारी दिए ।
Comments are closed.