शानदार कमिक टाइमिङ भएका भारतीय हास्यकलाकार कपिल शर्मा मुम्बईको एक पत्रकारसँगको झगडापछि विवादमा तानिएका छन् ।
मनोरञ्जन क्षेत्रसम्बन्धित वेबसाइट स्पटब्वाईको दाबी अनुसार कपिल शर्माले त्यसका प्रधानसम्पादक विक्की लालवानीलाई ‘फोन गरेर धम्की र गाली दिए ।’
यता कपिल शर्माले स्पटब्वाईका लालवानीसमेत अन्य तीन व्यक्तिविरुद्ध पुलिसमा उजुरी दिएका छन् ।
स्पटब्वाईले आफ्नो वेबसाइटमा एक अडियो टेप पनि सार्वजनिक गरेको छ जसमा कपिल शर्माले अभद्र टिप्पणी गरेको सुन्न सकिन्छ ।
अडियो टेप अनुसार कपिलले विक्कीलाई गाली गर्दै आफूविरुद्ध गलत खबर छाप्ने गरेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘मैले जुन ‘बैंक चोर’ लाई अस्विकार गरेको थिएँ, त्यो फ्लप भयो भन्ने कुरा वेबसाइटले कहिले किन छापेन ? ।’
कपिलले विक्कीमाथि पैसा लिएर गलत खबर छाप्ने गरेको आरोप लगाउँदै थप पैसा चाहिए आफूसँग आउन सक्ने पनि बताएका छन् ।
साथै, उनले विक्कीका आमा र बहिनीमाथि पनि अभद्र टिप्पणी गर्दै भनेका छन्, ‘तेरो छोरी मसँग सुत्न चाहन्छे… तँ यो लेख न….. लेख् र आफ्नी छोरीलाई बेचेर धनी बन् ।’
विक्की लालवानीले यस विषयमा बीबीसीसँग कुरा गर्दै आफ्नो पक्ष राखेका छन् ।
‘असफलता सम्हाल्न सकिरहेका छैनन् कपिल’
स्पटब्वाईका प्रधानसम्पादक विक्की लालवानी भन्छन्, ‘शुक्रबार बेलुका हामी अफिसमा बसिरहेका थियौं त्यति नै बेला ६ बजेर ११ मिनेटमा कपिल शर्माको फोन आयो, हामीले फोन उठाउने बित्तिकै कपिलले गाली गर्न सुरु गरिहाले ।’
उनले भने, ‘कपिलका साथी गुरजोतले पनि सुरुमा गाली गरेका थिए, त्यसपछि उनले मसँग भेट्ने इच्छा देखाए ।’
विक्कीले गाली गरिरहेका कपिललाई सम्झाउने कोसिस गरेको दाबी गरे ।
‘जब मैले सम्झाउने कोसिस गरें तब उनले ‘तपाईंहरुले मलाई मेरो फिल्ममा जिरो एक्टर भएको किन लेख्नुभयो’ भनेर सोधे । त्यसपछि मैले उनलाई आफूले त्यस्तो नलेखी हाम्रो ट्रेड एनालिष्ट अमोद मेहरा जीको धारणा रहेको बताएँ । तर उनी यस्तो कुरा सुन्न र बुझ्न तयार थिएनन् । त्यसपछि उनले थप गाली गर्न थाले ।’
स्पटब्वाईका प्रधान सम्पादक लालवानीले सोनी इन्टरटेन्मेन्टको पीआर समूहले थुप्रैपटक उनलाई फोन गरेर कपिलसँग सम्बन्धित खबर लेखेकोमा आपत्ति जताउँदै पत्रकार सम्मेलनमा नआउने आदेशसमेत दिएको बताए ।
कपिलले दिए उजुरीः
कपिल शर्मा समूहले उनकी पूर्व म्यानेजर प्रिती, अर्की एक महिला नीति र वेबसाइट स्पटब्वाईविरुद्ध उजुरी दिएको छ ।
६ महिना अघि स्पटब्वाई नामको मिडिया कम्पनीले कपिल शर्माबारे संवेदनशील जानकारी नछाप्नका लागि २५ लाख भारु मागेको आरोपपत्रमा दर्ता छ ।
यसका साथै नीति र प्रितीले कपिल शर्मासँग जोडिएका महत्वपूर्ण जानकारी मिडियालाई सार्वजनिक गरेको भनी आरोप लगाएका छन् ।
कपिल शर्माविरुद्ध झुटो र नकारात्मक खबरका कारण उनलाई भावनात्मक रुपमा चोट पुगेको भनी आरोपपत्रमा उल्लेख छ । प्रिती, निती र स्पटब्वाईका विक्की लालवानी यसका जिम्मेवार भएको बताइएको छ ।
साथै, कपिल शर्माले शुक्रबार बेलुका केही ट्वीट गरेका थिए जसमा उनले अभद्र भाषा प्रयोग गरेका थिए । यद्यपी, ती ट्वीटलाई पछि डिलिट गरियो ।
उक्त ट्वीटबारे कपिल भन्छन्, ‘मैले जे लेखेको थिएँ, त्यो मनबाटै लेखेको थिएँ । मेरो समूहले पछि ती टुवीट डिलिट गरिदियो । तर म ती बिकाउ रिपोर्टरसँग डराउने छैन । केही पैसाका लागि के उनीहरुले कसैविरुद्ध जे पनि लेख्नसक्छन् ?’
बीबीसीले कपिलले आरोप लगाएका प्रितीको पक्ष जान्ने कोसिस गरेको छ ।
प्रिती भन्छनु, ‘उनी ती कपिल होइनन् जसलाई हामी चिन्थ्यौं । यदि मलाई कसैले कानूनी रुपमा सोध्छ भने मैले आफ्नो पक्ष राख्नेछु । यदि एक प्रोडक्सन हाउसका मालिकमाथि २५ लाख भारु र व्यक्तिगत जानकारी सार्वजनिक गरेको भन्दै मुर्खतापूर्ण आरोप लगाउँछ भने व्यक्तिगत जानकारीको अर्थ के ? तपाईं सुटिङ रद्द गर्दै हुनुहुन्छ, तपाईंलाई जिरो एक्टर बताइँदैछ । अब यी व्यक्तिगत जानकारी हुन् ?’
उनले भनिन्, ‘म कपिललाई चिन्दछु । उनी त्यस्ता व्यक्ति थिए जसले पूरा देशलाई हँसाउँथे । मैले उनलाई कहिले पनि डिप्रेशनको भएको देखिनँ । तपाईंले आफ्नो जीवनमा केही निर्णय लिए जस्तै फिल्म बनाउनु, यो कार्यक्रम गर्न चाहनु, आफ्नी प्रेमिकासँग विवाह गर्न चाहनु । यी चार पाँच निर्णय तपाईं आफैंले लिनुभएको हो । मैले लिएको होइन । यदि यसका कारण तपाईं डिप्रेशनमा जानु भएको छ भने त्यसमाथि काम गर्नुहोस्, बाहिरकालाई आरोप लगाउन छोड्नुहोस् ।’ ratopati
Comments are closed.