Nepal's First Video FM

टर्की र सिरियामा भूकम्पबाट निधन हुनेको संख्या २० हजार पुग्यो – नेपालले स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री पठाउने

124

टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुगेको छ।

यसैबीच, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ।

दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ।

यसैबीच भूकम्पबाट बाँचेका हजारौं जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ। यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै नआएको उल्लेख गर्दै विशेषगरी सिरिया केही वर्षदेखि गृहयुद्धबाट पीडित र पहिलेदेखि नै दुःखको सामना गरिरहेको बताएका छन्। बीबीसी

यसै बीच

भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

You might also like

Comments are closed.