Nepal's First Video FM

आखिर किन गरे आफ्नै बाबुको हत्या यी छोरोले खुल्यो यस्तो कारण पढ्नुहोस

548

एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बू (मादेन) ले हङकङमा बाबुको हत्या गरेका छन् । उनलाई बाबुको हत्या आरोपमा गएराति नै याउमातेबाट प्रहरीले पक्राउ गरेको छ ।

मृतक बाबु बाबुराम (बायाँ) र अरोपी मचिन्द्र लिम्बू (दायाँ) । तस्बिर : मृतक र अभियुक्त फेसबुक ।

तीनमध्ये जेठो छोरा र बाबुबीच आइतवार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेको बताइएको छ। कोठामा अचेत अवस्थामा भेटिएका मृतकको उद्धारका लागि अग्नी नियन्त्रकहरुले ढोका फोड्नु परेको थियो। उपचारको लागि कोङह्वा अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले राति १ बजे मृत घोषित गरेको थियो।
‘दाजु र बाबुको झगडा भएको थाहा पाएर छिमेकी दाईले दिउँसो मलाई कल गरेका रहेछन्, काममा भएकोले थाहा पाइन’, माइलो छोरा विवेकले भने, ‘पछि फोन गर्दा बाबु रगतपच्छे भएको बताउनु भयो र पुलिसलाई खबर गरें।’

विवेकका अनुसार ढोका ढक्ढकाउँदा नखुलेपछि अग्नी नियन्त्रकलाई बोलाइएको थियो। उद्धारकर्मीहरु भित्र पस्दा रगत लत्पतिएको अचेत अवस्थामा भेटिएका बाबुमाथि चुलोमा चलाइने चक्कु प्रहार भएको देखिन्थ्यो। बाबुराम कान्छा छोरासंग मङ्ककस्थित क्यान्टोन रोडमा बस्ने भएपनि जेठो र माइलो छोराहरुपनि नजिकै बस्थे।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बाबु–छोराबीच लेनदेनको विषयमा झगडा परेको बताएको छ। मृतकको एक आफन्तका अनुसार बाबु–छोराबीच पहिलेदेखि नै झगडा हुने र सामान्य रुपमा लिने गरिएको थियो। यस पटकको झगडालाई पनि सामान्य रुपमा लिइदा बाबुको ज्यान गएको हो। समयमै उपचार गरिएको भए ज्यान बच्न सक्ने बताइएको छ।

पुर्ख्यौली घर ताप्लेजुङको फुङलिङ भएका लिम्बु परिवार झापाको पृथ्वीनगर र विर्तामोडका स्थायी बासिन्दा हुन्। मृतकको श्रीमती भने नेपालमै छिन्।

You might also like

Comments are closed.